हेर्नुहोस् यस्तो छ आजको बिदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
६ असार २०७९ ९:११
264
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ८५ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ३५ पैसा र बिक्री दर १५३ रुपैयाँ ०९ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ११ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३५ पैसा र बिक्री दर ८६ रुपैयाँ ७९ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ १२ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २३ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५५ पैसा र बिक्री दर १८ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ २२ पैसा र बिक्री दर ३४ रुपैयाँ ३८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ २२ पैसा र बिक्री दर ३४ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९ रुपैयाँ ७० पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.