राष्ट्र बैंकले २५ अर्ब ५३ करोडबराबरको ट्रेजरी बिल निष्काशन गर्दै, दिउँसो ३ बजे बोलकबोल हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब ५३ करोडबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन,१८२ दिन र १ वर्षको गरी ४ किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
बैंकले २८ दिनको लागि ५ अर्व, ९१ दिनको लागि ५ अर्ब ५३ करोड, १८२ दिनको लागि १० अर्व र १ वर्षको लागि ५ अर्वको ट्रजरी बिल जारी जारी गर्न लागेको हो। २८ दिनको आगामी साउन ३ गते, ९१ दिनको बिल आगामी असोज ४ गते र १८० दिने पौष ५ गते परिपक्व हुनेछ । भने १ बर्षे ट्रजरी बिल २०८० असार ५ गते परिपक्व हुनेछ ।
ट्रेजरीको बोलकबोल अनलाइनमार्फत सोमबार (आज)दिउँसो ३ बजे खुला हुनेछ। सोमबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।








डिसी नेपाल








Facebook Comment