नबिल बैंक र कतार एयरवेजबीच सम्झौता, बैंकका ग्राहकलाई हवाई टिकटमा १० प्रतिशत छुट

डिसी नेपाल
६ असार २०७९ ९:५२
232
Shares

काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

यस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूको हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । यो छुट असार १७ गते देखी लागु हुने बैंकले जानकारी दिएको छ।

यस साझेदरी अन्तर्गत बिजनेश र इकोनोमी क्लास हवाई टिकटमा १० प्रतिशत छुटका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.