सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारणसभा असार १५ मा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं। सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारणसभा असार १५ गते हुने भएको छ। कम्पनीको विशेष साधारणसभा काठमाडौंमा हुनेछ। गत २९ जेठमा बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो ।
बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटारो चलिरहँदा सानिमा जनरलले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारणसभा आह्वान गरेको हो। कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारणसभा बोलाएको छ।
सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ। सभा प्रयोजनका लागि कम्पनीले ८ मा बुक क्लोज गर्नेछ। जसअनुसार ७ असारसम्म कायम सेयरधनीले विशेष साधारणसभामा भाग लिन सक्नेछन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment