राप्ती हाइड्रोको ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ भर्ने समय थप
काठमाडौं। राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ६ लाख १२ हजार ७९३ कित्ता आईपीओमा आवेदन दिने समय थप गरेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री खुला गरेको कम्पनीको आईपीओमा अब १० असारसम्म आवेदन दिन सकिनेछ।
गत २४ जेठदेखि आईपीओ बिक्री खुला गरिएको थियो। कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको ६ लाख १२ हजार ७९३ कित्ता आइपीओ बिक्री खुला गरेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्व र रुकुम पश्चिमका स्थानीय बासिन्दालाई आईपीओ जारी गरेको हो। स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यसमा ग्लोबल आइएमई बैंकको छिप्रीदह, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा, मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।







डिसी नेपाल








Facebook Comment