महुली लघुवित्तको साढे सात हजार कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
७ असार २०७९ १२:१७
92
Shares

काठमाडौं। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना तीन संस्थापक सेयरधनीका सात हजार पाँच सय कित्ता सेयर बिक्री गर्ने भएको छ। कविताकुमारी चौधरीको नाममा रहेको तीन हजार पाँच सय, आकाशकुमारी सिंहको दुई हजार र दुर्गानन्द चौधरीको नाममा रहेको दुई हजार कित्ता सेयर संस्थाले बिक्री गर्ने भएको हो।

उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई नै दिइएको छ। खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ।

आवेदन लघुवित्तको केन्द्रीय कार्यालय सप्तरीको अग्निसाइर कृष्णासवरण–६ महुलीबाट प्राप्त गर्न सकिन्छ। ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरे संस्थाले अन्य व्यक्ति तथा संस्थामा बिक्री गर्ने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.