दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मंगलबारको कारोबारमा आँधिखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
आँधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ।
आँधिखोला लघुवित्तको सेयर मूल्यमा ७२ रुपैयाँ १० पैसाले बढेर ७ सय ९४ रुपैयाँ पुगेको छ। यस्तै, सिवाईसी नेपालको सेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँले बढेर ५ सय ५० रुपैयाँ ३० पैसा पुगेको छ । मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment