बुधबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
८ असार २०७९ ८:४२
376
Shares

काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ केहि बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा कायम गरेको छ। मंगलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ४७ पैसा र बिक्री दर १२५ रुपैयाँ ०७ पैसा कायम गरेको थियो।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ ०८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ८३ पैसा र बिक्री दर १५३ रुपैयाँ ५७ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ४७ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५५ पैसा र बिक्री दर ८६ रुपैयाँ ९७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७० पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ १७ पैसा र बिक्री दर ९ रुपैयाँ २१ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६० पैसा र बिक्री दर १८ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ २१ र बिक्री दर ३३ रुपैयाँ ३७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ १२ पैसा र बिक्री दर ३४ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६४ पैसा र बिक्री दर ९ रुपैयाँ ६८ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.