सेयर बजारमा ओरालो यात्रा कायमै, सबै उपसूचक राताम्मे

डिसी नेपाल
९ असार २०७९ १५:१७

काठमाडौं। साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक ४५.२५ अंकले घटेर १ हजार ८४८.२८ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३७ कम्पनीको ५० लाख ०८ हजार ७७१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४९ करोड ९७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा कुमारी बैंकको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ। यस कम्पनीको ९ करोड ५३ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ सय ९४ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : लक्ष्मी बैंक र नबिल बैंकको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ। आजको कारोबारमा ग्लोबल आइएमइ समुन्नत र आधीखोला लघुवित्तका लगानीकर्ताले अधिक कमाएका छन्। यस्तै, शिभ श्री हाइड्रोपावर र लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *