काठमाडौंमा बिहानैदेखि भारी वर्षा, नदी तटीय क्षेत्रबाट यात्रा गर्दा सावधानी अपनाउन आह्वान
काठमाडौं। काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ।
जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ। नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment