मेरिल्याण्डमा उपेन्द्र-भुवन फाउण्डेसन नामक पराेपकारी संस्था स्थापना
मेरिल्याण्ड। प्रोस्टेट क्यान्सरसँग लड्ने मुल उद्देश्यसहित अमेरिकाको मेरिल्याण्ड राज्यमा उपेन्द्र-भुवन फाउण्डेसन नामक पराेपकारी संस्था स्थापना गरिएको छ।
सो संस्था भुवन कुमारी बस्नेत र स्वर्गीय उपेन्द्र बस्नेतको नामबाट नामाकरण गरिएको ब्यहोरा सॅस्थाकी अध्यक्ष्य सुनिता बस्नेत थापाले जानकारी दिइन्।
भिमराज कोइराला, डा. प्रकाश श्रेष्ठ, सिर्जना पोख्रेल शर्मा, अर्विन बस्नेत र सुरबी थापा सहित ६ जनाको कार्यकारी एवं प्रेम बहादुर थापा र सबिता बस्नेत दानी नेपाल समन्वय गर्ने गरी समिति गठन गरिएको छ।
प्रारम्भिक चरणमा गोरखा जिल्लालाई आधार बनाएर प्रोस्टेट क्यान्सर संबन्धि विबिध कृयाकलापहरु सॅचालन गरिने छ।स्वर्गिय उपेन्द्र बस्नेतको प्रोस्टेट क्यान्सरको कारण सन् २००० मा निधन भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment