अमेरिकाको बाल्टिमोरमा साहित्यकार नवराज पराजुलीको कविता कन्सर्ट हुँदै
बाल्टिमोर । साहित्यकार नवराज पराजुलीको कविता कन्सर्ट अमेरिकाको बाल्टिमोरमा हुने भएको छ। बाल्टिमोर एसोसियसन अफ नेप्लिज ईन अमेरिका (बाना)को आयोजना र अन्तराष्ट्रिय नेपाली कलाकार समाज मेरिल्यान्ड तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी, मेरिल्यान्डको सह आयोजनामा बाल्टिमोरको मेरिल्यान्डमा साहित्यकार पराजुलीको कन्सर्ट हुन लागेको हो।
२०१७ मा पद्मश्री पुरस्कारबाट बिभुषित “सगरमाथाको गहिराइ” का सर्जक पराजुलीको अमेरिका यात्रा पहिलो पटक हो। सामस फाउन्डेसनको ब्यवस्थापनमा यही महिनाबाट पराजुलीको क्यानडा र युस टुरको सुरुवात हुँदैछ ।
बाल्टिमोरमा जुलाई १६ तारिकमा हुन लागेको एकल कविता कन्सर्ट पराजुलीको सम्भवतः अमेरिकाको पहिलो कविता कन्सर्ट हुनेछ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment