जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन, ९७७ मत खस्यो

डिसी नेपाल
१२ असार २०७९ ६:४४

बारा। जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन सकिएको छ। वरिष्ठ उपाध्यक्षसहित कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा नौ सय ७७ मत खसेको छ। जीतपुरस्थित संघको भवनमा सम्पन्न निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८१ र एशोसियटतर्फ चार मत खसेको हो।

संघको वाणिज्यतर्फ एक हजार दुई सय १६, उद्योगतर्फ ८३ र एशोसियटतर्फ ६ गरी कुल एक हजार तीन सय पाँच मतदाता थिए । कुल मतको ७४.८७ प्रतिशत मत खसेको हो ।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना केही समयपछि सुरु गर्ने तयारी निर्वाचन मण्डलले गरेको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दबहादुर क्षेत्रीका अनुसार उम्मेदवार र प्रतिनिधिसंग बसेर छलफल गरी मतगणना सुरु गरिनेछ ।

संघको १९ सदस्यीय कार्यसमितिमध्ये निर्वाचनबाट वाणिज्य र उद्योगतर्फ गरी १६ जना निर्वाचित हुनेछन् । यसअघि संघको अध्यक्षमा मोहन शर्मा र उद्योगतर्फ सचिवमा मुकेशप्रसाद निर्विरोध निर्वाचित भइसकेका छन् भने एशोसियटतर्फको सदस्य पदमा कसैको उम्मेदवारी परेको थिएन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *