नेपाल एसबीआई बैंकले पायो ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने अनुमति
काठमाडौँ। नेपाल एसबीआई बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति प्राप्त गरेको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डले बैंकलाई ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०८३’ नामक ऋणपत्र निष्काशन गर्नको लागि अनुमति दिएको हो।
बैंकले जारी हुने ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसधारणका लागि र बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ।
बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मुल्यमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नेछ। यो ऋणपत्रमा ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रमा निष्काशन तथा बिक्री प्रवन्धकको सानिमा क्यापिटल रहेको छ।
प्रतिक्रिया
Facebook Comment