आजको तरकारी तथा फलफूल मूल्य

डिसी नेपाल
१२ असार २०७९ १०:५९
176
Shares

काठमाडौं। कालीमाटी फलफूलत तथा तरकारी बजार विकास समितिले दिएको थोक मूल्य विवरणअनुसार आइतबार भिण्डी प्रतिकेजी २० रुपैयाँ रहेको छ।

यस्तैगरी पाकेको फर्सी २५ रुपैयाँ, परबर लोकल २५, तराईको २०, घिरौँला ४० रुपैयाँ झिँगुनी ३०, सलगम, ७०, पिँडालु ४०, रायोको साग ७० रुपैयाँ प्रतिकेजी रहेको छ।

ठूलो गोलभेँडा प्रतिकेजी ९० रुपैयाँ पर्दछ भने सानो लोकल ३० रुपैयाँ छ। रातो आलु ४५ रुपैयाँ केजीको पर्दछ। मुडेको आलु ३६ रुपैयाँ, सुकेको प्याज १३० रुपैयाँ मूल्य तोकिएको छ। यस्तैगरी लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, सेतो मुला ५० रुपैयाँ छ।

घिउसिमी ६० रुपैयाँ, तने बोडी ४० रुपैयाँ भन्टा २० रुपैयाँ छ। कालीमाटी बजारले दिएको थोक मूल्य विवरणअनुसार भन्टा भिण्डी आलु गोलभेँडालगायत तरकारीहरू भने ५० रुपैयाँभन्दा कम मूल्यमै किन्न पाइन्छ।

तर, ब्रोकाउली, च्याउ, गुन्द्रकु पुदिना कुरिलो प्याज, कागती गान्टेमुला पार्सले सेलरी जिरीको साग भने सय रुपैयाँभन्दा बढी मूल्य पर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.