सिरहामा पब्जी खेलिरहेका बालकले आफ्नै साथीलाई साँच्चिकैको गोली हानेपछि….

डिसी नेपाल
१२ असार २०७९ १६:०६
1.7k
Shares

सिरहा । सिरहाको लहानमा गोली लागेर एक युवक घाइते भएका छन् । आफ्नै साथीले चलाएको पेस्तोलबाट निस्केको गोली पेटमा लाग्दा लाहान नपा- २२ बेलहीका करिब १८ वर्षीय दिलिप मुखिया घाइते भएका हुन् ।

मुखियाको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि धरान पठाएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

उनीहरू स्थानीय नवीन चौधरीको घरको माथिल्लो तल्लामा बसेर मोबाइलमा पब्जी गोम खेलिरहेका थिए । यही बेला १९ वर्षीय सुरज मुखियासँग भएको पेस्तोल लिएर १५ वर्षीय शुशान्त चौधरीले ख्यालठट्टामा गोली चलाउदा मुखियाको पेटमा लागेको प्रहरीले जनाएको छ।

पब्जी खेलिरहेका उनीहरू पब्जीमा जस्तै गोली चलाउँदा कस्तो हुन्छ भन्दै गोली चलाउँदा मुखियाको पेटमा लागेको बताइएको छ। यता, प्रहरीले दुई थान पेस्तोल र १२ थान गोलीसहित दुईनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी कुमार मैनालीले बताए ।

प्रहरीले शुशान्त चौधरीको घरछेउको बाँसघारीबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली पाँच थान, ७.६५ लेखिएको गोली चार थान बरामद गरेको छ । उनीहरू लागुऔषध सेवनकर्ता समेत रहेको खुलेको छ ।

उनीहरूले पेस्तोल र गोली कहाँबाट ल्याएको अझै खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *