राष्ट्रपति भण्डारीद्वारा अष्ट्रेलिया र इजरायलको राजदूत नियुक्त

डिसी नेपाल
१२ असार २०७९ १९:५२
328
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा कैलाशराज पोखरेल र इजरायलका लागि नेपालको आवासीय राजदूतमा कान्ता रिजाललाई नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरुलाई आइतबार राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.