प्रधानसेनापति शर्मा अमेरिकामा
काठमाडौं। अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भर्जिनियास्थित ‘नेसनल म्युजियम अफ द मरिन क्रप्स’को अवलोकन गरेका छन्। सोही क्रममा उनले मरिन क्रप्स वार फाइटिङ लेवोरेटोरीका कमाण्डर केल बी. इलिसनसँग छलफल तथा अन्तरक्रिया गरेका थिए।
भ्रमणका क्रममा प्रधानसेनापति शर्माले मरिन क्रप्स कमान्ड एन्ड स्टाफ कलेजको अवलोकन गरेका थिए। उनले कलेजले दिने तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए।
प्रधानसेनापति शर्मा १२ असारमा अमेरिका पुगेका हुन्। उनी लेबनान र सिरियाको भ्रमण सकेर अमेरिका गएका हुन् ।प्रधानसेनापति शर्माले अमेरिका पुगेकै दिन अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गरेको नेपाली सेनाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment