त्रिभुवन विमानस्थल अध्यागमनको सर्भर डाउन हुँदा उडानमा ढिलाई, यात्रुलाई सास्ती
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको सर्भरमा समस्या आएपछि अन्तर्राष्ट्रियतर्फका उडान प्रभावित भएका छन् ।
बुधबार दिउँसो अध्यागमनको सर्भर डाउन भएपछि नेपालबाट भारतलगायत तेस्रो मुलुक जाने विदेशी तथा स्वदेशी यात्रु प्रस्थान कक्षमा दुई घण्टादेखि यात्रु अलपत्र परेका छन् ।
विमानस्थलको अध्यागमन कार्यालयका अनुसार विभागको सर्भरमा पटक पटक समस्या देखिँदै आएको छ । करिब दुई घण्टापछि अहिले अध्यागमनको काम सुचारु भएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment