कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी ठूलो दुर्घटनाबाट जोगियो
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना भएको छ। गुरुङ सवारी गाडी रामेछापको गोगनेमा सडकबाट चिप्लिएर थोरै तल झरेको थियो। सडकमुनी ठूलो ढुंगोमा गाडी ओट लागेर ठूलो दुर्घटना हुनबाट जोगिएको हो।
‘ओखलढुंगाबाट फर्किने क्रममा रामेछापको गोगने भन्ने ठाउँमा गाडी सडकबाट चिप्लिएर तल खस्यो,’ उपसभापति गुरुङले डिसी नेपालसँग भने, ‘सडकमुनी ठूलो ढुंगामा गाडी ओट लागेर रोकियो, ठूलो दुर्घटना हुनबाट जोगियो।’
गाडीमा सवार पाँचै जना सकुशल रहेको उनले जानकारी दिए। गुरुङ बुधबार ओखलढुंगाको खिजिदेम्बा गएका थिए। कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी धर्मपत्नीको निधन भएपछि उनलाई भेट्न गुरुङसहित पाँच जना ओखलढुंगा गएका थिए। फर्किने क्रममा गाडी सडकबाट तल खसेको हो।
गाडीमा उपसभापति गुरुङ, महाधिवेशन प्रतिनिधि रत्ना कार्की, सानुबाबु महर्जन, लक्ष्मण सापकोटा र गाडी चालक राज थापा थिए।
रातभरी पानी परेको र कच्ची बाटोका कारण गाडी दुर्घटना भएको हो।







डिसी नेपाल








Facebook Comment