किन भेटे राजेश हमालले प्रचण्डलाई ?
काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली चलचित्र जगत्का महानायक राजेश हमालबीच भेटवार्ता भएको छ।
अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपालको कला तथा चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको थियो। भेटमा सहभागी सङ्गीतकार चेतन सापकोटाकाका अनुसार उनीहरूबीच नेपालको चलचित्र उद्योग, कला क्षेत्र, राज्यको लगानी र उत्प्रेरणालगायत विषयमा छलफल भएको थियो ।
अध्यक्ष दाहालले नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा पु र्याउनका लागि राज्यका तर्फबाट जे-जति भूमिका निर्वाह हुनुपर्ने हो, त्यसो हुन नसकेकाले मिलेर काम गर्नुपर्ने बताएका थिए। नेपाली चलचित्र क्षेत्रलाई लामो समयसम्म डोर्याएर समृद्ध बनाउन नायक हमालले निर्वाह गरेको भूमिकाको समेत अध्यक्ष दाहालले प्रशंसा गरेका थिए।
कलाकारहरू खुलेर राजनीतिमा आउने परिपाटीको विकास अध्यक्ष दाहालको पालामा नै भएको बताउँदै नायक हमालले कलाकारलाई राम्रो व्यवहार गर्ने परिपाटीको सुरुआत भएकामा प्रशन्नता व्यक्त गरेको दाहालको सचिवालयले जनाएको छ।
हमालले मुलुकमा सबैभन्दा पहिले राजनीतिक स्थिरता हुनुपर्ने र त्यसपछि मात्रै अन्य कुरा विस्तारै राम्रो हुँदै जाने बताएका थिए। भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत सामान्य चर्चा भएको बताइएको छ।







डिसी नेपाल







Facebook Comment