बबरमहलमा कार दुर्घटना, तीन जना घाइते

डिसी नेपाल
१९ असार २०७९ १०:२२

काठमाडौं। काठमाडौँको बबरमहलमा आज बिहान कार दुर्घटना हुँदा ३ जना घाईते भएका छन्।

घाईते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय बिकाश बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन्।

घाईते ३ जनाकै सिभिल अस्पताल बानेश्वरमा उपचार भैरहेको छ । घाईते मध्ये गिरीको अवस्था गम्भिर रहेको छ। आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *