अन्तर्घात गरेको भन्दै जसपा प्रदेश सांसद निष्काशित

डिसी नेपाल
२० असार २०७९ ८:३२
40
Shares

काठमाडौं। जनता समाजवादी पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसदसहित २ जनालाई निष्काशन गरेको छ।

जिल्ला कार्यसम्पादन समिति महोत्तरीेले प्रदेश सांसद कौशलकुमार यादव र संघीय शिक्षक फोरम महोत्तरीका अध्यक्ष कौशलकुमार यादवलाई साधारण सदस्यतसमेत नहुने गरी निष्काषन गरेको हो।

‘गत ३० बैशाखको स्थानिय तहको निर्वाचनमा पार्टीका जिम्मेवार ब्यक्तिहरुले गरेको क्रियाकलाप माथी कार्यसम्पादन समितिको निर्णयवाट पार्टीको अन्तरिम बिद्यान–२०७७ को परिच्छेद-३ सदस्यता सवन्धि व्यवस्था धारा १० को बुदाँ २ र परिच्छेद–८ को अनुशाषनको कार्यवाहीको धारा ४९ को बुदाँ १, २, ३, र ६ आकृष्ट भएको हुँदा आजैको मितिवाट साधारण सदस्यतावाट समेत निष्काषन गरेको व्योहोरा जानकारीका साथ अनुरोध छ’ जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको बिज्ञप्तिमा भनिएको छ।

महोत्तरी–४ (क)वाट प्रदेश सांसद रहेका यादवले स्थानिय तहको निर्वाचनमा आफनै पार्टीका उम्मेदवारहरुलाई हराउन लागेको तथा बिपक्षी दलका नेताहरुलाई सहयोग गरेको आरोप लाग्दै आएको बेला उनलाई निष्काषन गरेको हो । स्थानीय तह निर्वाचनमा अन्र्तघात गरेको भनेर निष्काषनमा पर्ने यादव पहिलो र एक्ला सांसद हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.