दक्षिण चीन सागरमा १२ शव फेला

डिसी नेपाल
२१ असार २०७९ ९:५३
144
Shares

बेइजिङ। दक्षिण चीन सागरमा १२ शव फेला परेका छन्। फेला परेका शव यसै सप्ताहन्तमा दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्य रहेका अनुमान गरिएको छ। दुर्घटनाग्रस्त जहाजमा चालक दलका ३० जना सदस्य थिए।

हङकङको दक्षिणपश्चिममा १६० समुद्री माइल टाढा रहेको एउटा इन्जिनियरिङ जहाज टाइफुनपछि दुर्घटनामा परेको थियो। टाइफुनका कारण जहाजमा ठूलो क्षति भएको थियो । टाइफुनले जहाज दुई टुक्रामा विभाजित भएको थियो।

चिनियाँ सञ्चार माध्यमका अनुसार शनिबार तीन जना र थप एक जनालाई सोमबार बिहान उद्धार गरिएको थियो।

हङकङका अधिकारीहरूले यसअघि उपलब्ध गराएको नाटकीय फुटेजमा एक व्यक्तिलाई हेलिकप्टरमा चढेको देखाइएको थियो जबकि छालहरू तल अर्ध डुबेको जहाजको डेकमा ठोक्किएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *