रूसले चीन र भारतलाई अझै सस्तो मूल्यमा तेल बेच्न सक्ने
काठमाडौं । रुसी तेल सस्तो मूल्यमा खरिद गर्ने विषयमा सात समूह (जी–७) राष्ट्रहरूले भारत र चीनसँग सकारात्मक वार्ता गरेका छन् । यी देशहरू चाहन्छन् भारत र चीनले सबैभन्दा कम मूल्यमा रुसी तेल किनुन् र रुसलाई आर्थिक नोक्सानी होस् । जी-७ देशहरूले मिलेर रूसी तेलको न्यूनतम मूल्य निर्धारण गर्ने निर्णय गरेका छन्। कुनै देशले तोकिएको मूल्यभन्दा बढीमा तेल खरिद गरेमा त्यो देशको ढुवानीमा प्रतिबन्ध लगाइनेछ ।
रुसी तेल प्रति ब्यारेलको न्यूनतम मूल्य तोकिएको छैन। जी–७ देशहरुले रुसी तेलको मूल्य त्यति मात्रै राखिने बताएका छन् जति मूल्य राख्दा रुसले आफ्नो तेल उत्पादन बन्द गर्नु नपरोस्
पश्चिमी देशहरूले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी तेलमाथि कडा प्रतिबन्ध लगाएका छन् । बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ११०–१२० डलर रहेको छ भने रुसी कच्चा तेल यस मूल्यभन्दा प्रति ब्यारेल ३०–४० डलरको छुटमा बिक्री भइरहेको छ ।
रोयटर्स समाचार एजेन्सीको रिपोर्ट अनुसार, यस मामिलासँग परिचित स्रोतले भन्यो कि जी-७ नेताहरू मङ्गलबार रुसमाथि थप प्रतिबन्ध लगाउन सहमत भए। संगठनले रुसी तेल निश्चित मूल्यभन्दा बढी मूल्यमा खरिद गरेमा त्यो देशको ढुवानीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
युरोपेली संघले यस वर्षको अन्त्यसम्ममा युरोपेली बजारमा रुसी तेलको आपूर्ति पूर्ण रूपमा बन्द गर्ने भएको छ । यसैबीच, अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले कम मूल्यमा रुसी तेल किन्ने वकालत गरिन्। उनले तेल आपूर्तिमा अवरोध नगरी रूसलाई आर्थिक रूपमा नोक्सान गर्ने योजनामा जोड दिइन् ।
कुनै देशले रुसबाट तोकिएको मूल्यभन्दा बढी मूल्यमा तेल किनेको खण्डमा कुन सेवामा प्रतिबन्ध लगाउने भन्ने कुरा अहिले जी–७ देशका सरकारहरूले तय गरिरहेको स्रोतले जनाएको छ ।
पश्चिमी प्रतिबन्धका बाबजुद भारत र चीन जस्ता देशले रुसबाट सहुलियत दरमा ठूलो परिमाणमा तेल खरिद गरिरहेका छन् । यदि पश्चिमी देशहरूले रूसमाथि न्यूनतम तेलको मूल्यसँग सम्बन्धित प्रतिबन्धहरू लगाए भने सबैभन्दा बढी फाइदा भारत र चीनलाई हुनेछ। रुसबाट कम मूल्यमा कच्चा तेल खरिद गरिरहेका भारत र चीनले रुसबाट निकै सस्तो मूल्यमा कच्चा तेल खरिद गर्न सक्नेछन् ।
रुससँग पश्चिमी देशहरूले तोकेको मूल्यमा तेल बेच्नुको विकल्प छैन। भारत र चीन हाल यसका सबैभन्दा ठूला तेल खरिदकर्ता भएकाले दुवै देशलाई तोकिएको सस्तो मूल्यमा तेल बेच्नुपर्छ। स्रोतहरूले भने कि रूससँग पहिले नै कम तेल भण्डारण क्षमता छ। यस्तो अवस्थामा यसले आफ्नो तेल उत्पादन पनि बन्द गर्नुपर्ने हुनसक्छ जसले गर्दा यसको तरलता घट्ने र ऊर्जा क्षेत्रलाई नोक्सान पुग्न सक्छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment