‘कथा काठमाडौँ’को दोस्रो गीत रिलिज, यस्तो देखिए प्रियङ्का र प्रमोद

डिसी नेपाल
२५ साउन २०७५ २:४४

काठमाडौँ। पहिलो गीतमा नायिका प्रियङ्का कार्कीको बोल्ड बेड सिनले विवादित भएको चलचित्र ‘कथा काठमाडौँ’को दोस्रो गीत सार्वजनिक भएको छ। ‘जुन अनि तारा’बोलको गीतमा स्वर गायक सुगम पोखरेलको रहेको छ। गीतमा शब्द ईशान सुब्बाको रहेको छ भने सङ्गीत दिपेश सुब्बाले भरेका छन्। गीतको एरेन्ज मोहित मुनालले गरेका हुन्।

सञ्चारकर्मी सङ्गीता श्रेष्ठको लेखन तथा निर्देशन रहने चलचित्र कथा काठमाडौँमा प्रियङ्का कार्की, आयुश्मान देशराज जोशी, प्रमोद अग्रहरी, सन्जोग कोइराला, मोडल तथा भिजे सन्ध्या केसी लगायत कलाकारको अभिनय रहेको छ ।

लामो समयसम्म कान्तिपुर मिडिया ग्रुपमा आवद्ध रहेर काम गरेकी सङ्गीता श्रेष्ठको यो चलचित्र डेब्यु चलचित्र हो । आहाना फिल्मसको ब्यानरमा बनेको उक्त चलचित्रमा विजय राईको निर्माण रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *