सानो भर्‍याङमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

डिसी नेपाल
२३ असार २०७९ १०:५४

काठमाडौं। काठमाडौंको सानो भर्‍याङमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटरमा पछाडि सवार चितवनका अन्दाजी ३५ बर्षीय अर्जुन लोहनी रहेका छन्। स्कुटर अनियन्त्रित भएर सडक डिभाइडरमा ठोकिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

वनस्थलीबाट स्वयम्भूतर्फ आँउदै गरेको बा९५प ९७२३ नम्बरको स्कुटर गएराति सवा २ बजे सडक डिभाइडरमा ठोकिएको थियो।

घाइते भएका लोहनीको उपचारको क्रममा स्वयम्भु स्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरी वृत्त स्वयंभुले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.