अवरुद्ध विद्युतीय राहदानी सेवा पुनः सञ्चालनमा
बैतडी। सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अवरुद्ध भएको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुनः सुरु भएको छ। विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण यही असार १७ गतेदेखि बैतडी, बझाङ र दार्चुलामा विद्युतीय राहदानी सेवा बन्द भएको थियो।
विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको र मर्मतपछि पुनः सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।
बैतडीमा पहिलोपटक गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको थियो। हालसम्म करिब ४०० जनाले उक्त सेवा लिएका छन्। एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी सुरू गरिएको थियो। यहाँ गत मङ्सिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment