सिन्धुलीमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
सांकेतिक तस्वीर
सिन्धुली। कमलामाई नगरपालिका–६ धुराबजारस्थित सुवर्ण होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा होटल सञ्चालक घ्याङ्लेख गाउँपालिका–४ स्थायी घर भएका ५६ वर्षीय चतुर्मान लो समेत रहेका छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
लजमा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ५ सय रूपैयाँ र २२ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment