दिउँसो बागमती र कर्णाली तथा राति लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
काठमाडौं। आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ। सुदूरपश्चिम र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मंगलबार सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment