हेर्नुहोस् मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सोही मूल्य कायम थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको छ।
मंगलबार चाँदीको भाउ पनि प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ। सोमबार पनि सोही मूल्य रहेका महासंघले जनाएको छ। गत साता निरन्तर बढ्दै गएको सुनचाँदीको मूल्य यो साता निरन्तर घट्दै आएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment