उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

डिसी नेपाल
२९ असार २०७९ १२:४८
104
Shares

काठमाडौं। लामो समय देखी रिक्त रहेको प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ। ३१ असारमा उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्।

उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन अपरान्ह १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आह्वान गर्ने र ३१ असारमा बस्ने बैठकवाट उपसभामुख चयन गर्ने तालिका तय भएको छ।

तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा दिए पछि झन्डै २ बर्ष देखी उपसभामुख खाली रहदैँ आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.