बाग्मती नदीको रौतहट खण्डमा डल्फिन भेटियो
काठमाडौं।माछा मार्ने क्रममा बाग्मती नदीको रौतहट खण्डमा डल्फिन भेटिएको छ । पिपरा भलोहिया गाउँका राजकुमार सहनी मल्लाहले माछा मार्ने क्रममा पिपरा घाटमा गत मंगलबार डल्फिन भेटाएका हुन् ।
‘माछा मार्न बागमतीमा जाल हान्न गएको थिएँ तर अनौठो खालको माछा जालमा पर्यो,’ सहनीले भने, ‘जालमा परेको माछा लिएर पिपरा बजारमा ल्याएपछि हेर्नेको घुँईचो लाग्यो ।’ करिब १२ केजीको उक्त माछालाई स्थानीय जनप्रतिनिधिले डल्फिन भएको बताएपछि आश्चर्यमा परेको उनले बताए ।
दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भू सिंहले बडहर्वा जाने क्रममा गत सोमबार नै बागमती नदीमा डल्फिन जस्तो माछाको एउटा ठूलो समूह नदीमा उफ्रिरहेको देखेको बताए।
उता, माछा विशेषज्ञ राधेश्याम झाले पनि सहनीले जालमा पारेको माछा डल्फिन नै भएको बताए । ‘अब पिपरा घाटलाई व्यवस्थित गरेर डल्फिन संरक्षणमा लाग्नु पर्छ, डल्फिनका बारेमा जनतालाई सूसचित गर्नुपर्छ,’ झाले भने । गंगा नदी हुँदै डल्फिन बाग्मती आएको हुनसक्ने उनको अनुमान छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment