काठमाडौं उपत्यकामा जथाभावी प्लटिङ बढ्दो: घर तथा भौतिक संरचना भासिने जोखिम उच्च

डिसी नेपाल
२४ साउन २०८३ ११:१०

काठमाडौं। काठमाडौं उपत्यका आसपासका करिडोर क्षेत्रहरूमा पछिल्लो समय खाली जग्गालाई जथाभावी प्लटिङ गरी घडेरीका रूपमा बिक्री गर्ने क्रम तीव्र बनेको छ।

व्यवस्थित भू-उपयोग नीति र आवश्यक प्राविधिक अध्ययनबिनै भइरहेको यस्तो अव्यवस्थित प्लटिङका कारण भविष्यमा ती क्षेत्रमा निर्माण हुने घर तथा अन्य भौतिक संरचनाहरू उच्च जोखिममा पर्ने देखिएको छ।

विशेषगरी खेतीयोग्य जमिन नासिँदै जानुका साथै प्राकृतिक रूपमा कमजोर मानिएका क्षेत्रहरूमा मनपरी माटो पुर्ने र जमिन सम्याउने काम भइरहेको छ।

कुनै पनि भौगर्भिक अध्ययन र मापदण्ड पालना नगरी यसरी जग्गा सम्याएर प्लटिङ गर्दा वर्षात्को समयमा पहिरो जाने, जमिन भासिने र भावी दिनमा बस्ती नै जोखिममा पर्ने खतरा बढेको छ।

(तस्बिर: सक्षम घिमिरे)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *