‘पुष्पाः द रुल’मा अल्लू अर्जुनको पारिश्रमिक सय करोड
मुम्बई। सन् २०२१ को डिसेम्बरमा रिलिज फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि अभिनेता अल्लू अर्जुनको लोकप्रियताले नयाँ उचाइ थपेको छ । यो फिल्मको सफलतापछि निर्माताहरु यसको सिक्वेल ‘पुष्पा २’को सुटिङ सुरु गरिसकेका छन्। निर्माताहरूले अघिल्लो संस्करणभन्दा नयाँ फिल्मको निर्माणमा कुनै कसर बाँकी राखेका छैनन्।
यही लोकप्रियताका कारण अल्लूले आफ्नो पारिश्रमिकमा दोब्बर बढाएका छन्। अल्लूले ‘पुष्पाः द राइज’का लागि ५० करोड पारिश्रमिक लिएका थिए । तर यसको सिक्वेलका लागि भने उनले सय करोड पारिश्रमिकको माग गरेका छन्।
अल्लूमात्र होइन, ‘पुष्पा’ निर्देशक सुकुमारले पनि सिक्वेलका लागि पारिश्रमिक बढाएका छन्। ‘पुष्पाको सिक्वेलका लागि अल्लू अर्जुनले करिब सय करोड पारिश्रमिक मागेका छन्। तेलुगू फिल्म उद्योगमा यो नयाँ रेकर्ड हो’, फिल्म निकट स्रोतले भनेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment