भारत टुक्र्याउनेदेखि एयर इण्डिया विमान विष्फोटसम्म आरोप लागेका नेताको हत्या

डिसी नेपाल
३१ असार २०७९ ८:०२
10.6k
Shares

काठमाडौं । क्यानडाको भ्यानकुभरमा व्यापारी तथा सिख नेता रिपुदमन सिंह मलिकको गोली हानी हत्या गरिएको छ । आज बिहान कार्यालय जाने क्रममा मलिकको हत्या भएको हो । घटनास्थलबाट जलेको कार बरामद भएको छ ।

उनको नाम सन् १९८५ एयर इन्डिया बम विस्फोटमा परेको थियो। तर पछि उनले सफाइ पाए । निर्दोष हुनुअघि मलिकले चार वर्ष जेलमा बिताएका थिए। त्यसपछि उनले कानूनी शुल्कको रुपमा ९.२ मिलियन डलर मागे, तर ब्रिटिश कोलम्बियाका एक न्यायाधीशले क्षतिपूर्तिको लागि उनको दावी अस्वीकार गरे।

रिपुदमन सिंहले जनवरी २०२२ मा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका थिए। उनले मोदी सरकारले सिख समुदायका लागि चालेका कदमका लागि पत्र लेखेर आभार व्यक्त गरेका थिए ।

पञ्जाबी मूलका क्यानेडियन सिख रिपुदमन सिंहलाई कुनै समय खालिस्तानी भएको आरोप लागेको थियो। रिपुदमन सिंहले खालसा क्रेडिट युनियनको स्थापना गरेको बताइएको छ । खालिस्तानी तिनै हुन् जो भारतलाई टुक्र्याएर छुट्टै देश खालिस्तान बनाउन चाहन्छन् ।

रिपुदमन सिंह मलिक एक दशकदेखि भारतीय कालो सूचीमा थिए। उनलाई २०२० मा सिंगल एन्ट्री भिसा र हालै २०२२ मा मल्टिपल भिसा दिइएको थियो। उनले हालै मे महिनामा आन्ध्र प्रदेश, दिल्ली, पञ्जाब र महाराष्ट्रको तीर्थयात्रा गरेका थिए। रिपुदमन सिंह मलिक श्री गुरु ग्रन्थ साहिब छापेर चर्चामा आएका थिए ।

रिपुदमन सिंह मलिकको जीवनको सबैभन्दा ठूलो विवाद १९८५ एयर इन्डिया बम विस्फोट थियो। उक्त आक्रमणमा ३३१ यात्रुले ज्यान गुमाएका थिए । विमान क्यानडाबाट दिल्लीका लागि उडेको थियो । तर विमान आयरल्याण्डको आकाशमा आकाशमा विस्फोट भयो र ३३१ यात्रुले घटनास्थलमै ज्यान गुमाए।

शव परीक्षण र केही यात्रुको स्वास्थ्य परीक्षण गर्दा उनीहरुको मृत्यु विष्फोटबाट नभएर समुन्द्रमा डुबेर भएको हो । किनभने उनीहरु बसेको ठाउँमा विष्फोटले कुनै असर गरेको छैन ।

मलिक सन् १९७२ मा क्यानडा आएका थिए । मलिकले क्यानडामा खालसा स्कूल चलाएका थिए। विद्यालयले भ्यानकुभर बोर्ड अफ एजुकेशन पाठ्यक्रमको अतिरिक्त पञ्जाबी भाषा र संस्कृति सिकाउँछ।

उनी खालसा क्रेडिट युनियनका संस्थापक पनि थिए। उनले केही दिन ट्याक्सी चालकको रुपमा पनि काम गरे । मलिक आतंकवादी संगठन बब्बर खालसासँग आबद्ध रहेको बताइएको छ । मलिक सतनाम एजुकेशन सोसाइटी अफ बीसी, क्यानडाका अध्यक्ष थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *