वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घाेषणा गर्न बेलबासेमाथि दबाव

डिसी नेपाल
१ साउन २०७९ ११:१६
4
Shares

काठमाडौं। नेपाल प्रेस युनियनको महाधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी घोषणा गर्नेको लहर चलेको छ। प्रेस युनियनमा आवद्ध पत्रकारले पदाधिकारीदेखि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।

उता यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका तर अधिवेशनको मिति घोषणा भए पछि हालसम्म आफ्नो औपचारिक घोषणा नगरेका  बेलसालेमाथि उम्मेदवारी घोषणा गर्न दबाव परेको छ। महाधिवेशनको मिति घोषणा नहुँदै विभिन्न जिल्लामा पुग्ने क्रममा बेलबासेले आफू वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताएका थिए।

शुभेच्छुक संस्थाको अधिवेशनमा पनि नेताहरुले टिकट बाँढ्न थालेको भन्दै प्रजातान्त्रिक अभ्यासको तर्क गर्नु बेकार हुने बेलासाले बताएका छन्। यद्यपी उनीमाथि उम्मेदवारी घोषणा गर्न दबाव बढेको छ। उनी निकट नेताहरुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्न दबाव दिएका हुन्।

‘शुभेच्छुक संस्थाको अधिवेशनमा पनि नेताहरूले टिकट बाढ्न थाले पछि प्रजातान्त्रिक अभ्यासको तर्क गर्नु बेकार हो । उम्मेदवारी दिन चाहने साथीहरूलाई स्वतन्त्र छोडिदिन किन सक्दैनन् ? नेताहरू।  यति सानो संस्थामा पनि गुटको राजनीति गर्नेले सिंगो पार्टीको कुरा गर्नु , ‘खुट्टी देख्दै चाल पाइयो ! भने जस्तै भएन र!,’  उनले भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *