डिसी नेपालकर्मी शर्मा सम्मानित

डिसी नेपाल
१ साउन २०७९ १२:४८
240
Shares

काठमाडौँ। सामाजिक रुपान्तरणको लागि नागरिक समाजको १५ औँ बार्षिकउत्सबको अबसरमा डिसी नेपाल सहकर्मी संगीता शर्मालाई ‘हिरो अवार्ड २०७९’ बाट सम्मान गरिएको छ। शुक्रबार (हिजो, असार ३२ गते) आयोजित उक्त कार्यक्रममा  स्वास्थ तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङबाट डिसी नेपाल कर्मी शर्मा सम्मानित भएकी हुन्।

कोभिडको समयमा आफ्नो ज्यानको चिन्ता नगरी सामाजिक क्षेत्रमा योगदान पुर्याउने सामाजिक व्यक्तित्वहरुलाई विभिन्न बिधामा सम्मान गरिएको संस्थाका अध्यक्ष यम बहादुर जि.सिले बताए।

साथै, कोभिडको समयमा रत्नपार्क लगाएत विभिन्न ठाउँहरुमा नि:शुल्क भोजन सेवा, विभिन्न बाल तथा वृद्धआश्रममा खाद्यान्न बितरण र बाढी पहिरोबाट प्रभावित ठाउँहरुमा सहयोग तथा जाडो महिनामा सडक पेटिमा जाडोले कठ्याग्रीएका सडक बेवारिसेहरुलाई न्यानो कम्बल बितरण जस्ता कार्यहरु गरेको र सो कार्यलाइ उच्च मुल्यांकन गरि ‘कोभिड हिरो अवार्ड’ बाट सम्मानित गरिएको संगीता शर्माले बताइन्।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *