सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष लकान्द्रीले दिए पदबाट राजीनामा

डिसी नेपाल
२ साउन २०७९ १२:५१
48
Shares

काठमाडौं। नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष गणेशप्रसाद लकान्द्रीले पदबाट राजीनामा दिएका छन्। लकान्द्रीले गत २८ असारमा पदबाट राजीनामा दिएका हुन्।

‘वर्तमान अवस्थामा मेरो पदीय दायित्व मात्र फेरिएको हो। यस मञ्चको सफलताको लागि खेलिने भूमिकामा कदापी कमी हुने छैन। यस मञ्चलाई शिखरतर्फ डोर्याउने कार्यमा सदैव एक सिपाहीको रूपमा लागिपरिरहने छु। मेरो पदभन्दा ठूलो यस मञ्च हो र यसलाई जसरी पनि बचाउनुपर्छ भन्ने मूलमन्त्रको साथमा मैले मेरो पदबाट राजीनामा दिएको छु,’ आइतबार उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्।

विज्ञप्तिमा लकान्द्रीले आफू र मञ्चप्रति लागेका आरोपहरू कपोकल्पित र निराधार थियो भन्ने प्रमाणित भएको उल्लेख गरेका छन्। ‘धेरै संघर्ष गरेर मञ्च जन्माएको बताउँदै उनले भनेका छन्,‘मेरो मानसपटलमा बिगतका ती दिनहरू झलझली आइरहेको छ। जुनबेला हामी सम्पूर्ण निजी कामहरू थाती राखेर यस मञ्चको स्थापनाको लागि घर, गल्ली र पसलहरू चहार्नु परेको थियो। त्यतिबेलाको कठोर मेहनत र परिश्रमको प्रतिफल नै हो आजको राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च। जुन आजको दिनमा सुनचाँदी क्षेत्रमा लागेका व्यवसायीहरूको आशाको केन्द्रविन्दु बनेको छ र राष्ट्रिय रूप धारण गरेको छ,’ उनले भनेका छन्।

उनले नयाँ बन्ने तदर्थ समितिलाई शुभकामना दिँदै विगतका तितामिठा क्षणहरू बिर्सिएर अगाडि बढ्ने विश्वास लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.