लक्ष्मी लघुवित्तको किस्ता अव खल्तीबाट भुक्तानी गर्न सकिने, ५ प्रतिशत क्यास्ब्याक पाइने

डिसी नेपाल
२ साउन २०७९ १३:२१
32
Shares

काठमाडौँ।  खल्तीले लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्य गरी आफ्ना ग्राहकहरूलाई मासिक किस्ता अर्थात् ईएमआइ भुक्तानी सुविधा उपलब्ध गरेको छ।

साथै खल्तीबाट लक्ष्मी लघुवित्तको ईएमआइ भुक्तानी गर्ने प्रयोगकर्ताले प्रोमोकोड ‘LAXMI EMI’ प्रयोग गरि ५ प्रतिशत क्यास्ब्याक (रू.५० सम्म) पनि प्राप्त गर्नेछन्। यो अफर भाद्र ३१ सम्म लागु हुनेछ।

यस सहकार्यभि खल्ती तथा लक्ष्मी लघुवित्तका ग्राहकहरूलाई किस्ता भुक्तानी गर्न सहज हुनुको साथै भुक्तानी गर्न कार्यालयसम्म जानको लागि समय निकाल्ने वा भुक्तानी गर्नै ढिलो हुने जस्ता समस्याहरु बाट छुटकारा दिने अपेक्षा लिईएको छ।

लक्ष्मी लघुवित्तको किस्ता भुक्तानी खल्तीबाट यस प्रकार तिर्न सकिन्छ :

१. खल्ती होम स्क्रिनमा इएमआइ सेक्सनमा जानुहोस्
२. लक्ष्मी लघुवित्तलाई छनौट गर्नुहोस्
३. आवश्यक विवरण भर्नुहोस्
४. ‘प्रोसिड टु पे’मा ट्याप गर्नुहोस् र भुक्तानी पूरा गर्नुहोस्

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले ,अधिकांश भुक्तानी सेवाहरू डिजिटल बनाउने क्रममा अघि बढ्दै गर्दा खल्ती र लक्ष्मी लागुवित्ताका प्रयोगकर्ताहरूले यस सेवाबाट धेरै लाभ लिन सक्ने कुरामा बिश्वस्त रहेको जानकारी दिए।

रु.५००० माथिको नविकरण ईएमआइ भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्तीुकेवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ। साथै, आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूले केही ट्यापहरू मार्फत आफ्नो ईएमआइ र पानी, इन्टरनेट, बिजुली, र सरकारी राजस्व जस्ता अन्य बिलहरू भुक्तानी गर्न प्रत्यक्ष भुक्तानी गर्न सक्छन्।

नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको छ। करिब छ वर्षको अवधिमा खल्तीले देशभर २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु साथमा ५० हजार एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरू बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि यी सेवाहरुको डिजिटल भुक्तानीसेवा दिँदै आएको छ। यति मात्र नभई विभिन्न साना तथा ठुला व्यापारलाई पनि भुक्तानी सेवा उपलब्ध गराई अनलाइन व्यावशायलाई प्रोत्साहन दिई आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.