१८.०३ अंकले बढ्यो नेप्से, म्युतुअल फण्ड र व्यापारबाहेक सबै हरियाली
काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आज नेप्से १८.०३ अंकले बढेर २ हजार ०२९.४३ विन्दुमा बढेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३१ करोड २९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज ९ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटै उपसुचकमध्य म्युतुअल फण्ड र व्यापार उपसुचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा बरुण हाइड्रोपावर र इमर्जिङ्ग नेपालका लगानीकर्ताले पनि अत्याधिक कमाएका छन्। भने, सानिमा लार्ज क्याप फण्ड र कुमारी इक्युटि फण्डका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment