अमेरिकी डलरको भाउले बनायो अर्को नयाँ रेकर्ड

डिसी नेपाल
३ साउन २०७९ ८:५१
2.2k
Shares

काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेको छ। अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ दिन  प्रति दिन थप कमजोर हुँदै गएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ६६ पैसा र बिक्री दर १२८ रुपैयाँ २६ पैसा कायम गरेको छ।  सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ६० पैसा र बिक्री दर १३० रुपैयाँ २१ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ८९ पैसा र बिक्री दर १५३ रुपैयाँ ६० पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १३१ रुपैयाँ ३५ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २३ पैसा र बिक्री दर ८७ रुपैयाँ ६४ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ८४ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २४ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९५ पैसा र बिक्री दर १९ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९९ र बिक्री दर ३४ रुपैयाँ १५ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ९१ पैसा र बिक्री दर ३५ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.