फेरि चम्किदैछन् कपिल शर्मा, यस्तो हुँदैछ तयारी

डिसी नेपाल
२५ साउन २०७५ ५:३६

एजेन्सी। चर्चित कमेडियन कपिल शर्माको भाग्य परिवर्तन हुने देखिएको छ। कपिललाई हलिउडबाट ठूलो अफर आएको निर्देशक राजीव ढिगरालाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन्।

निर्देशक राजीव ढिगराले कपिललाई हलिउडबाट अफर आएको र पेपर साइनका विषयमा छलफल भइरहेको बताएका हुन्। अब कपिलले पनि हलिउडको यात्रा गर्ने संभावना देखिएको छ।

ब्याड ममाज नामक कम्पनीले कपिलसँग मिलेर हलिउड सीरीज बनाउने भएको छ। जसमा उक हलिउड स्टार र एक इण्डियन स्टार सहभागी हुनेछन्। जसको नाम कमेडी करी हुने संभावना रहेको छ।

यद्यपी कपिलले सो प्रोजेक्टमा साइन गरिसकेका छैनन्। यो विषयमा कपिलले भनेका छन्, ‘हामी पहिला त्यहाँ जान्छौं। यदि हामीलाई राम्रो लाग्यो भने साइन गर्छौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *