विपद् व्यवस्थापनमा सामूहिक प्रयासको खाँचो

डिसी नेपाल
३ साउन २०७९ २३:००
64
Shares

काठमाडौं । वर्षायामसँगै हुन सक्ने सम्भावित विपद्का जोखिमलाई दृष्टिगत गरी उद्धार कार्यको योजना, फौजको प्रभावकारी परिचालन, उद्धार तथा प्रतिकार्यका लागि विपद् प्रतिकार्यमा खटिने सबै सरोकारवाला निकायबीच आज राजधानीमा छलफल भएको छ ।

एकापसमा समन्वय आवश्यक भएकाले विपद्सँग जोडिने नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखको सहभागितामा नेपाली सेनाले समन्वयात्मक कार्यक्रम आयोजना गरेको हो ।

उक्त समरोहमा प्रधानसेनापति प्रभुराम शर्माले विपद् व्यवस्थापन चुनौतीपूर्ण कार्य रहेकाले कसैको एकल प्रयासबाट सम्भव नहुने भन्दै सबै निकायको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताए । उनले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण तथा जलवायु परिवर्तन जस्ता चुनौतीका बीच भविष्यमा विपद् व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

नेपाली सेना, युद्धकार्य निर्देशनालयले विपद् व्यवस्थापनसम्बन्धी विविध विषयका बारेमा प्रस्तुतीकरण गरेको थियो । सो क्रममा सहभागीहरुले विपद् प्रतिकार्यमा सबैको सामूहिक प्रयोग हुनुपर्नेमा जोड दिइएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *