गोल्डन ओक १२औं कृति अवार्डस् भाद्र २६ गते हुने

डिसी नेपाल
५ साउन २०७९ १३:१६
32
Shares

नेपाल विज्ञापन संघ (आन)ले २०६० सालदेखि सुरू गरेको नेपालको विज्ञापन श्रृजनशिलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२ औं संस्करण यस वर्ष ‘गोल्डेन ओक १२ औं कृति अवार्डस्’ भदौ २६ गते हुने भएको छ।

यस वर्षको कार्यक्रमको टाइटल प्रायोजक हिमालयन डिष्टीलरीको गोल्डेन ओक ब्राण्ड रहेको छ। राजधानीमा बुधबार आयोजित एक समारोहमा संघका तर्फबाट अध्यक्ष सोम प्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरेका छन्।

‘गोल्डेन ओक १२ औं कृति अवार्डस्’मा २०७६ वैशाख १ देखि २०७८ चैत्र मसान्तसम्म भए/गरिएका विज्ञापन तथा प्रवर्धनात्मक रचना तथा कामहरूलाई समावेश गरिनेछ। संघका सदस्य एजेन्सीहरूले २०७९ श्रावण ५ गतेदेखि भाद्र ४ गतेसम्म मनोनयन दर्ता गर्न सक्ने संघले जनाएको छ।

आनले हरेक वर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड-१९ महामारीका कारण विगत दुई वर्ष हुन सकेको थिएन। कृति अवार्डस् विज्ञापन क्षेत्र लगायत सम्पुर्ण मिडिया र विज्ञापनदाताहरूको सामुहिक उत्सवको रुपमा आयोजना गर्ने गरिएको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक जोशीले मुलुककै समग्र संञ्चार क्षेत्रको समसामयिक व्यवसायिक परिस्थिती झल्काउने यस प्रतिष्ठित कार्यक्रममा आफ्नो समुहलाई सहभागी गराउन पाएकोमा खुशी व्यक्त गरे।

त्यसैगरी, नेपाल विज्ञापन संघका अध्यक्ष धितालले प्रमुख प्रायोजक हिमालयन डिष्टिलरी र गोल्डन ओक ब्राण्डलाई कार्यक्रम प्रायोजनका लागि धन्यबाद व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *