आज पहाडी भू-भागमा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान विभागले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको जनाएको छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य भू–भागका एक वा दुई स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
‘देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको,’ महाशाखाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वर्षाका कारण नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।







डिसी नेपाल







Facebook Comment