राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

डिसी नेपाल
६ साउन २०७९ ७:२५
216
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९-८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्दैछ। त्यसअघि आज बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले शुक्रबार बिहान सञ्चालक समितिको बैठक डाकिएको बताए। उनका अनुसार शुक्रबार नै मौद्रिक नीति आउने सम्भावना छ। गभर्नर अधिकारीले बिहीबार अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरिसकेका छन्।

बुधबार र बिहीबार बिहान मौद्रिक नीतिबारे गभर्नरले बिफ्र गर्ने तयारी गरिए पनि प्रधानमन्त्रीको समय अभावका कारण बिहीबार साँझ मात्र ब्रिफिङ गरिएको थियो। जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अहिले अर्थ मन्त्रालयको जिम्मा लिएका कारण सिधै प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको हो।

आर्थिक अनुसन्धान विभागले अन्य विभागसँग छलफल गरी तयार पारेको मस्यौदाउपर छलफल सकेर ड्राफ्ट तयार पार्ने र सो ड्राफ्ट राष्ट्र बैकको बोर्ड बैठकमा छलफल हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.