लागुऔषध कारोबारको ट्रान्जिटका रुपमा नेपाल, ५ बर्षमा २७ हजार जना पक्राउ
काठमाडौं । एक महिनाको अवधिमा आफ्रिकन नागरिकहरु नेपालमा ५५ किलो लागुऔषध बरामद भयो । गत जेठ २९ र ३० गते र असारको अन्तिम साता गरी प्रहरीले करिब ५५ किलो खैरो हिरोइनसहित १० जना मानिसहरु पक्राउ परे । शुरुमा ४९ किलो खैरो हिरोइन बोकेर नेपाल भित्रिएका सात जना अफ्रिकन नागरिक थिए ।
दुबई हुँदै काठमाडौं आएका उनीहरुले ल्याएको हिरोइनको मूल्य करिब मूल्य १ अर्ब २० करोड माथि प्रहरीको दाबी छ । पक्राउ पर्नेमा दक्षिण अफ्रिकाका २९ वर्षीया सिविसी थान्डेकिले, ४६ वर्षीया मुरियल केदुकबाजी थेम्बेनी न्साम्बा, ३९ वर्षीया त्शाबाला खान्यिसिल इभोन्ने, ३६ वर्षीया रोसिन्हा नोन्केले जान्त्जो, २९ वर्षीया महलाको मौरिन माथिबा, ३७ वर्षीया मोरोएसी सुजान कोफू, ३० वर्षीया मार्लिज बाडेनहोस्ट छन् । उनीहरू जेठ २६, २९ र ३० गते अफ्रिकाबाट दुबई हुँदै काठमाडौं प्रवेश गरेका थिए ।
यसैगरी असार ३१ गते पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक पासपोर्ट नम्बर ए ०९८७९५७२ बाहक ६१ वर्षीय ज्याक एन्टोन इंगेलबेरच्ट, भारतीय नागरिक जोथानत्लुअंगी र नेपाली नागरिक सुकेश तामाङ हुन् ।
ओसारपसारमा संलग्न इंगेलबेरच्टलाई प्रहरीले साउन ३२ गते ठमेलस्थित एक होटेलबाट पक्राउ गरेको थियो । पक्राउ परेका तामाङ ट्याक्सीचालक हुन् । ब्युरोका अनुसार असार ३१ गते साउथ अफ्रिकाको जोहान्सबर्गबाट दुबई हुँदै नेपाल आएका अफ्रिकन नागरिक इंगेलबेरच्टको गतिविधि शंकास्पद लागेपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनलाई निगरानी गरेको थियो । निगरानी गर्ने क्रममा ठमेलस्थित इंगेलबेरच्ट बस्ने एक होटेलको कोठाबाट प्रहरीले असार ३२ गते सुटकेसभित्र उक्त लागुऔषध बरामद गर्यो ।
सो लागुऔषध भारत लैजाने तयारीमा राखिएको थियो । भारत लैजानको लागि भारतीय नागरिक जोथानत्लुअंगी काठमाडौं आएकी थिइन् । उक्त लागुऔषध भारत लैजानको लागि सहयोगीको भूमिकामा ट्याक्सीचालक तामाङ पनि सहभागी थिए । ब्युरोले तामाङको बा २ ज ५६५५ नम्बरको ट्याक्सीसहित उनलाई पनि नियन्त्रणमा लिएपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो ।
यो दुई महिनाको गतिविधि हेर्दा विश्वभर प्रतिबन्धित ‘लागुऔषध’ कारोबारीले नेपालको बाटो भएर अवैध बजारमा पु¥याउने गरेको देखिन्छ । विगतका केही उदाहरणले तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्याइएको लागुऔषध भूमिमार्ग हुँदै भारततर्फ जाने गरेको प्रहरीको दाबी छ । यसले लागुऔषधका लागि नेपाली भूमि ट्रान्जिट प्वाइन्टका रूपमा प्रयोग भएको प्रहरीको भनाई छ ।
लागुऔषध नियन्त्रण व्यूरोका प्रमुख एसएसपी विकासराज खनालका अनुसार नेपालभित्रै हुने लागुऔषधको प्रयोग र अवैध कारोबारले मुलुकभित्र युवापुस्तामा यसको असर बढ्दै गएको छ । नेपाल प्रहरीको लागुऔषध ब्युरोले राखेको पछिल्लो ६ वर्षको तथ्यांक हेर्दा यसको कारोबार र दुव्र्यसनीको अवस्था झन विकाराल बन्दै गएको छ ।
लागु औषध व्यूरोले विदेशी तथा स्वदेशी कारोवारकर्तालाई पक्राउ गर्दे आएको छ । तर पनि नेपालमा लागुऔषधको कारोवारीमात्र होइन प्रयोगकर्ता पनि बढेको प्रहरीको भनाई छ । लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार पछिल्ला आर्थिक वर्ष २०७३\७४ देखि चालु आवको वैशाखसम्मको ७० महिनामा झन्डै ४८ हजार किलोग्राम लागुऔषध बरामद भएको छ । जसमध्ये गाँजा र चरेसको मात्रा सबैभन्दा बढी छ, जुन नेपालमै उत्पादन हुन्छ । यस अवधिमा नेपाल प्रहरीले ३८ हजार ९ सय ९५ किलो ५ सय ११ ग्राम गाँजा बरामद गरेको छ ।
जसमध्ये आव २०७५÷७६ मा मात्रै १० हजार १ सय ७५ किलो २ सय २२ ग्राम गाँजा बरामद भएको तथ्यांक छ । ७० महिनामा ७ हजार ७ सय ७७ किलो ८ सय ९२ ग्राम चरेस बरामद भएको छ । यस्तै सोही अवधिमा ५ सय ३६ किलो ७ सय ७० ग्राम अफिम बरामद भएको छ । तर पछिल्लो एक साताको अवधिमा ७० महिनामा बरामद भएको हेरोइनको रेकर्ड तोडिएको छ । पछिल्लो एक महिनामा झन्डै ५६ किलो हेरोइन बराबमद भएको छ । ७० महिनाकोे अवधिमा २६ किलो ६ सय ६० ग्राम कोकिन र ५३ किलो ३ सय ३३ ग्राम हेरोइन बरामद भएको व्यूरोले जनाएको छ ।
हेरोइन र कोकिन भने बाहिरबाट नेपाल भित्र्याइएको हो । जसमध्ये अधिकांश नेपालको बाटो हुँदै तेस्रो मुलुक जाने गरेको प्रहरीको दावी छ । ‘हेरोइन र कोकिनको प्रयोग नेपाली दुर्व्यसनीले पनि गर्छन् । लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी खनालका अनुसार गाँजा, चरेस र अफिम पनि अधिकांश नेपालबाट बाहिरिन लागेकै अवस्थामा बरामद भएका छन् । नेपाली दुव्र्यसनीको हकमा सबैभन्दा भयानक विषय प्रतिबन्धित औषधिको प्रयोग बनेको छ ।
जसमा बुप्रेनोर्फाइन, डाइजेपाम, नाइट्रोभेट, करेक्स\डाइलेक्स डिसीलगायत औषधि छन् । यस्तो औषधि नशाका लागि ट्याबलेट र सिरिन्जमा प्रयोग हुन्छ । ७० महिनाको अवधिमा १९ लाख ६४ हजार ७ सय १७ वटा प्रतिबन्धित औषधि बरामद भएको छ । थप ५ सय ४ किलो पनि यस्तै प्रकृतिका अन्य प्रतिबन्धित औषधि प्रहरीले बरामद गरेको देखिन्छ । ‘खैरो हिरोइन वा कोकिन मात्र होइन प्रतिबन्धित औषधिजन्य लागुऔषधको कारोवारले नेपाललाई आक्रान्त बनाएको छ’, एसएसपी खनालले भने ।
७० महिनाको अवधिमा नेपालमा लागुऔषधको प्रयोग र ओसारपसारमा संलग्न भएको आरोपमा २७ हजार जना पक्राउ परेको तथ्यांक छ । जसमा ९ सय ८२ जना विदेशी र २६ हजार ४ सय ६२ जना नेपाली छन् । ब्युरोले दिएको जनाकारी अनुसार पक्राउ परेका विदेशी नागरिकमा अधिकतम लागुऔषधको अवैध कारोबारी हुन् । ‘विदेशी नागरिकमध्ये अधिकतम कारोबारी र नेपालको बाटो हुँदै भारततर्फ लागुऔषध लैजाने नै हुन्,’ ब्युरोका एसएसपी खनालले भने । उनका अनुसार केही नेपालभित्रै कारोबार गरिरहेका र प्रयोगकर्ताका रूपमा पक्राउ परेका पनि धेरै जसो कारोवारी नै हुन र उनीहरु भरिया हुन् ।
तर पक्राउ परेका नेपाली भने लागुऔषधका कारोबारी र प्रयोगकर्ता बराबरीजस्तै रहेको रहेका छन् । ‘पक्राउ परेका नेपाली भने प्रयोगकर्ता र कारोबारी उस्तै उस्तै छन्,’ उनले भने । यसरी पक्राउ परेका नेपालीमा किशोरकिशोरीको संख्या उल्लेख्य रहेको स्रोत बताउँछ । यसले लागुऔषधको कारोबार र दुर्व्यसनमा किशोरकिशोरीको डरलाग्दो संलग्नता देखाएको छ । किशोर र युवा उमेरमै लागुऔषधजस्तो दुव्र्यसनमा फस्दा मनोसामाजिक तथा शारीरिक स्वास्थ्यमा समस्या पैदा हुने, समाजमा आपराधिक घटनाहरूमा बढोत्तरी आउनेलगायत समस्या बढ्ने गरेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार लागुऔषध कारोबारीहरुले नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गर्नुमा २\३ वटा कारण रहेका छन् । पहिलो कारण भनेको लागुऔषध मुद्दामा कमजोर सजाय हो । नेपालमा पक्राउ परे पनि अधिकतम १५ वर्षसम्म मात्र कैद सजाय हुन्छ । कतिपय देशमा फाँसीको समेत सजाय भएका कारण उनीहरु नेपालको बाटो भएर तेस्रो मुलुक जना चाहन्छन् ।
दक्षिण अमेरिकन देशमा उत्पादन हुने कोकिन नेपाल ल्याएर युरोप पुर्याउने गरिन्छ । पक्राउ परे पनि कम सजाय हुने भएकाले उनीहरुले नेपाललाई कारोबारका रुपमा रोज्ने गरेका हुन । त्यस्तै नेपालको सुरक्षा कमजोर आँकलन गरेर पनि उनीहरुले नेपाललाई दुरुपयोग गर्दै आएका छन् । नेपालबाट उनीहरुले पटकपटक तस्करी गर्न सफल हुँदै आएका छन् । ‘उनीहरुले नेपालको कानुन अध्ययन गरेरै नेपालको बाटो रोजेको पाइन्छ’, एसएसपी खनालले भने ।







डिसी नेपाल








Facebook Comment