काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै

डिसी नेपाल
८ साउन २०७९ ९:००
176
Shares

काभ्रेपलाञ्चोक। काभ्रेमा दैनिक कोरोना सङ्क्रमणदर बढिरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० मा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सङ्क्रमित फेला परेको हो। कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमण देखिएको छ। १३ स्थानीय तहमध्ये सात तहमा सङ्क्रमण देखिएको छ। यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ मा सङ्क्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा ८ सङ्क्रमित निको भएको जनाइएको छ। पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाको एक–एक सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेको कार्यालय प्रमुख डा पुरुषोत्तम सेडाईँले जानकारी दिए। उनका अनुसार पछिल्लो दिनमा सङ्क्रमणदर बढिरहेकाले परीक्षणको दायरा बढाइँदै लगिनेछ।

यस्तै नमोबुद्ध नगरमा छ, बनेपा नगरमा चार र महाभारत गाउँपालिकामा एक सङ्क्रमित रहेका छन्। हाल जिल्लामा कूल ४२ मा सङ्क्रमण रहेको हो। करिब दुई वर्ष पाँच महिनाको अवधिमा जिल्लामा हालसम्म १७ हजार ६२९ मा सङ्क्रमण देखिएको छ । यसमध्ये १९५ सङ्क्रमितको मृत्यु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *