उपत्यकामा एकैदिन २२ सय ८२ जना सवारी चालकमाथि कारवाही
फाइल फाेटाे।
काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २८२ जना सवारी चालकलाई कारवाही गरेको छ।
ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ जना, लेन अनुशासन पालना नगर्ने ६२ जना, रेड लाइटमा सवारी साधन चलाउने ८५ जना रहेका छन्।
यस्तै, नम्बर प्लेट नदेखिने गरी राख्ने ३८ जनालाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ। अन्य कारवाहीमा पर्ने २ हजार ९ जना सवारी चालक रहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment